Wednesday, April 16Nepal News Portal
Shadow

ओली पक्षले माघ २३ को जनसभा नारायणहिटी अगाडि गर्ने


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौंमा गर्ने जनसभाको तयारी गर्न थालेको छ ।
काठमाडौंमा ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको कमिटीले जनाएको छ। सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने तयारी छ ।

कमिटीका सचिव खेमप्रसाद लोहनीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको अवस्थामा नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको बताए । उनका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलगायत शीर्ष नेताले सभामा सम्बोधन गर्नेछन् । यसका लागि ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारा तय गरिएको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्