काठमाडौं, (ससं) । प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार (आज) दुईवटा रिट निवेदनमाथिको बहस सकिएको छ । आइतबार संवैधानिक इजलासमा आठौं रिट निवेदनमाथिको बहस सकिएसँगै नवौं रिट निवेदनमाथि निवेदक पक्षको बहस सुरु भएको थियो ।
आइतबार नै दशौं रिट निवेदनमाथिको बहससमेत सकिएको छ भने एघारौं रिटमाथि निवेदक पक्षको बहस सुरु भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका छन् । ती सबै रिटमाथि संवैधानिक इजलासमा सुनुवाई भइरहेको हो ।
निवेदक पक्षको बहस सकिएपछि सरकारका तर्फबाट बहस हुनेछ ।
Total Page Visits: 416 - Today Page Visits: 1