Wednesday, January 15Nepal News Portal
Shadow

काभ्रेको बेथानचोक जेसिजका अध्यक्ष दाहालद्वारा पदभार ग्रहण


काभ्रे, (ससं) । काभ्रेको बेथानचोक जेसिज बर्ष २०२१ का नयाँ पदाधिकारीहरुले जिम्मेवारी सम्हालेका छन् । माघ १७ गते शनिबार बेथानचोक गाउँपालिकाको सभाहलमा दोस्रो पदस्थापन तथा व्यक्तित्व सम्मान कार्यक्रममा अध्यक्ष हरिकृष्ण दाहालसहित अन्य पदाधिकारीहरुले सपथ ग्रहण गरि जिम्मेवारी सम्हालेका हुन् । पदाधिकारीहरुमा कार्यकारीणी उपाध्यक्ष कमल नेपाल र प्रदिप आचार्य, महासचिव डिगमान लामा, उपाध्यक्षहरु मोहन कृष्ण तिमल्सिना, राजदेव तामाङ , अजय तामाङ र ज्ञान बहादुर तामाङ, कोषाध्यक्ष शान्ति खत्री र कानुनि सल्लाहकार विनोद तिमल्सिना रहेका छन् ।

गत पुस २७ गते सम्पन्न बेथानचोक जेसिजको दोश्रो अधिवेशन तथा तेस्रो साधारणसभाबाट वर्ष २०२१ का लागि दाहालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको थियो । दाहाल सन् २०१८ को संस्थापक सदस्य , सन् २०१९ को तालिम संयोजक र सन् २०२० को बेथानचोक जेसिजको कार्यकारीणी उपाध्यक्ष थिए । अध्यक्ष दाहालले जेसिजका राष्ट्रिय कार्यक्रमहरुलाई शाखामा ल्याउन पहल गर्ने बताए । अग्रजहरुको अनुभवलाई जेसिजसँग जोडेर समुदायको परिवर्तनका लागि काम गर्ने भन्दै यो वर्ष युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका लागि विभिन्न तालिम संचालन गर्ने बताए ।

सोही कार्यक्रममा बेथानचोकमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त सफल व्यक्तित्व शिक्षासेवी चिफ अफ एजुकेशन युनेस्को काठमाडौंका डा. बलराम तिमल्सिना, तरुण साप्ताहिकका प्रधान सम्पादक परसु घिमिरे, नेपाल सरकारका सह–सचिब नवराज घिमिरे र चर्चित संगीतकार राजेश थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईले शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने मर्मलाई सबै राजनीतिक नेताहरुले जेसिजबाट सिक्नु पर्ने बताए । बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले स्थानीय तहसंग सहकार्य गरेर काम गर्न पनि जेसिज पदाधिकारीहरुलाई आग्रह गरे ।

यस्तै एभिन्युज खबरका खबर प्रमुख केदार कोईराला, बेथानचोक जेसिजका संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिना, शिक्षक संघ बागमती प्रदेशका अध्यक्ष नारायण प्रसाद तिमल्सिना र बर्ष २०२० का अध्यक्ष राजेश तिमल्सिना, सम्मानित हुनेहरुबाट शिक्षासेवि डा. बलराम तिमल्सिना र सेन्चुरी कमर्सियल बैंकका सिनियर रिलेसनशिप म्यानेजर शेखर राज बस्ताकोटी लगायतले शुभकामना दिएका थिए । त्यस्तै नेपाल जेसिजका राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष शिव प्रसाद भुसाल र राष्ट्रिय महासचिव विकास मानन्धरले पनि शुभकामना मन्तव्य दिएका थिए ।

पदस्थापना तथा निर्वाचित अध्यक्षलाई सपथ ग्रहण निर्वाचन अधिकृत मातृ शाखा भकुण्डेबेशि जेसिज, बर्ष २०२० का शाखा अध्यक्ष जेसि श्रीकृष्ण अधिकारीले गरेका थिए । बेथानचोक जेसिजको स्थापनामा मातृशाखा भकुण्डेबेंशी जेसिजको बर्ष २०१८ शाखा अध्यक्ष, वर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष तथा वर्ष २०२० का नेपाल जेसिज क्षमता अभिवृद्धि समिति राष्ट्रिय संयोजक जेसिआई सिनेटर रुकमणी सिग्देलको महत्वपूर्ण योगदान रहेको थियो ।

अध्यक्ष दाहाल को हुन् ?
उनको जन्म माता स्व. दमयन्ति दाहाल र पिता सूर्य प्रसाद दाहालका कनिष्ठ पुत्ररत्नको रुपमा काभ्रे जिल्लाको साविक ढुँखर्क गा.वि.स. वडा नं. ४ कुनेखर्क, हाल बेथानचोक गाउँपालिका वडा नं. ३ मा भएको थियो । सामाजिक सेवामा निकै रुची राख्ने अध्यक्ष दाहाल बैंकर्स हुन् । हाल उनी सेन्चुरी कमर्सियल बैंकका रिलेसनशिप म्यानेजर पदमा कार्यरत छ्न् । यसबाहेक नेपाल स्काउट, नेपाल रेडक्रस सोसाईटी तथा विभिन्न सहकारी तथा परोपकार संस्थामा आवद्ध रहेका छन् । दाहाल बन्धु अध्ययन प्रतिष्ठानको संस्थापक सदस्य उनी दाहाल प्रतिष्ठान वागमती प्रदेशका सह–सचिव हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्