Friday, July 12Nepal News Portal
Shadow

नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक भोली बस्दै


काठमाडौं, (ससं) । नेकपा प्रचण्ड–नेपाल पक्षले सोमबार स्थायी कमिटी बैठक आह्वान गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहान ११ बजेका लागि बैठक बोलाएको जानकारी दिएका हुन्। बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्ने छ। यसअघि पुस ७ र ९ गते सोही पार्टी प्यालेसमा यो पक्षको केन्द्रीय कमिटी बैठक बसेको थियो।

उक्त बैठकले ओलीलाई आफ्नो पार्टीको अध्यक्षबाट हटाएर रिक्त स्थानमा माधवकुमार नेपाललाई नियुक्त गरेको थियो। तर निर्वाचन आयोगले यो वैधानिक नभएको ठहर गरिसकेको छ।

पुस पाँच गते खड्क ओलीले संसद विघटन गरेपछि त्यसको विरुद्धमा यो पक्षले सडक संघर्षलाई निरन्तरता दिइरहेका बेला केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्