Thursday, January 23Nepal News Portal
Shadow

सार्वजनिक भयो कक्षा १२ को नतिजा


काठमाडौं, (ससं) । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकको निर्णयपछि कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । नतिजाको विस्तृत विवरण बोर्डको वेबसाइटमा राख्ने तयारी गरिरहेको छ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको हो ।

कोरोना भाइरसको महामारीका कारण गएको वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार विद्यार्थी सहभागी थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्