काठमाडौं, (ससं) । दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको ११ किलो क्षेत्रमा दुर्घटनामा परेको छ । काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको सिन्धुपाल्चोकका एसपीले बताएका छन् । उनका अनुसार दुर्घटना भएको क्षेत्र मुढेबाट ११ किलोमिटर अगाडि हो । हालसम्म कति घाइते भए भन्ने यकिन भइसकेको छैन। कम्तिमा १० जनालाई स्थानीय अस्पतालमा पुर्याइएको छ।
दोलखाबाट काठमाडौं तर्फ आउँदै गरेको बस दुर्घटना
- स
- स
- स