काठमाडौं, (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार २८९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ।
हाल देशभर २ हजार ४ सय जना सक्रिय संक्रमित रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३० पुगेको छ।