Saturday, September 7Nepal News Portal
Shadow

“कहिल्यै उपनिवेश नबनेको, कहिल्यै नहारेको देश यत्रा-यत्रा डल्ला फ्याँक्दा किन हार्ने ?”: प्रधानमन्त्री ओली


काठमाडौं, (ससं) । प्रधानमन्त्री ओलीले युद्धमा कहिल्यै नहारेको नेपाल खेलकुदमा पनि हार्न नहुने बताएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तर्क्रिया कार्यक्रममा बोल्दै ओलीले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि जित्नु पर्ने उनको भनाई छ ।

‘अंग्रेजको लडाइँ खुकुरीले जित्ने नेपालीले खेलमा किन हार्नु परेको छ र! फुटबलमा भकुन्डो हान्ने र क्रिकेटमा बलमा हान्ने त हो, उनले भने, कहिल्यै उपनिवेश नबनेको, कहिल्यै नहारेको देश यत्रा-यत्रा डल्ला फ्याँक्दा किन हार्ने ?

उनले खेलमा हुने जित र हारको ठूलो अर्थ हुने बताएका छन्। अन्य क्षेत्रमा पनि जित र हारको विषय इगो बन्ने गरेको बताए। संसद विघटन पनि जित र हारको विषयमा केन्द्रीत भइरहेको उनको भनाइ रहेको छ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्