Saturday, June 14Nepal News Portal
Shadow

ट्राफिक नियम उल्लंघन गरेको जरिवाना अनलाइन मार्फत तिर्न सकिने


काठमाडौं, (ससं) । अब ट्राफिक नियम उल्ल‌ंघन गरे जरिवाना अनलाइनबाटै तिर्न सकिने व्यवस्था लागु भएको छ। महानगरिय ट्राफिक प्रहरी महाशाखाले सवारी चालकलाई सजिलो हुने गरी अनलाइनबाटै जरिवाना तिर्न सकिने व्यवस्था लागु गरेको हो।

हाललाई ईसेवासँगको साझेदारीमा यो व्यवस्था लागु गरिएको महाशाखाले जनाएको छ।
नियम उल्लंघन गर्ने चालकले अनलाइनमार्फत जरिवाना तिरेको म्यासेज देखाएर आवश्यक अन्य प्रक्रिया पूरा गर्नुपर्ने छ ।

अनलाइन प्रणालीले कारबाहीमा परेका चालकले जरिवाना तिर्दा व्यहोर्नुपर्ने झन्झट कम हुने र समयको पनि बचत हुने महाशाखाको विश्वास रहेको छ।

यसअघि जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्दा समय धेरै लाग्ने गरेको थियो। महाशाखाले यो व्यवस्थाको बुधबार औपचारिक उद्घाटन गर्दैछ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्