काठमाडौं, (ससं) । प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकालाई शपथ ग्रहण गराएर खटाएपछि नेकपाको प्रचण्ड -नेपाल समूहले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
बुधबार (आज) पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिकी सह-संयोजक पम्फा भुसालले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरिएको बताएकी छिन् । देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्ड(नेपाल समूहले तेस्रो चरणको आन्दोलन गरिरहेको छ । उक्त समूहले २८ गते राजधानीमा बृहत प्रदर्शन गर्दै छ ।