Wednesday, January 15Nepal News Portal
Shadow

कुर्मुरे उद्योगमा आगलागी हुँदा ९ करोड बराबरको क्षति


झापा, (ससं) । झापाको बिर्तामोड नगरपालिका २ लालमाटीमा रहेको कुर्मुरे तथा चीज बल्स बनाउने उद्योगमा आगलागी भएको छ। आगलागीबाट ९ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको हो । बुधबार (हिजो) राति ११ बजेतिर विद्युत सर्ट भएर उक्त उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगो निभाउन बिर्तामोड, भद्रपुर, दमक तथा मेचीनगर नगरपालिकाका दमकल बोलाइएको थियो। आगो समयमा नियन्त्रणमा नआउँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्