काठमाडौं, (ससं) । देशभर बन्द गराउँदै हिँड्ने र तोडफोडमा उत्रने एक सय ४९ जना देशका विभिन्न स्थानबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा आधाभन्दा बढी उपत्यकाभित्रका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार देशभर विभिन्न १० स्थानमा तोडफोडका घटना भएका छन्। उपत्यकामा पाँच, सुनसरीमा २ तथा चितवन, इलाम, सिन्धुली र मकवानपुरमा एक एकवटा तोडफोडका घटना भएको प्रहरीले जनाएको छ।
सत्तारुढ नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको हो।