Sunday, July 14Nepal News Portal
Shadow

आन्दोलनकारीले सडकमै भात पकाए, सडकमै खाए


काठमाडौं, (ससं) । पुष्पकमल दाहाल प्रचण्ड -माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि (नेकपा) ले बिहीबार देशव्यापी आमहड्ताल आह्वान गरेको छ । हड्तालका क्रममा प्रचण्ड-नेपाल सहित नेकपाका शीर्ष नेता नै सडकमा उत्रिएका छन् ।
प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले सडकमा गाडीसमेत चल्न रोक लगाइरहेका छन् । केही ठाउँमा नेकपा कार्यकर्ताले गाडी, मोटरसाइकलसमेत जलाइदिएका छन् ।

त्यस्तै कोटेश्वर चोकमा सडकछेउमा खाना पकाएर बन्द गराउनेलाई खाना पनि वितरण गरिएको थियो । प्रदर्शनकारीले कोटेश्वरको सडकमै बसेर खानासमेत खाएका थिए । कोटेश्वरमा खानाको प्रबन्ध मिलाउनेमा दाहाल-नेपाल पक्षका नेता तथा वाग्मती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाललगायत नेता–कार्यकर्ता थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्