Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
संवैधानिक आयोगमा नियुक्तिविरुद्ध सभामुखको रिटमा सर्वोच्चले आगामी आइतबारको मिति तोक्यो – Udhyognews.com
Wednesday, April 16Nepal News Portal
Shadow

संवैधानिक आयोगमा नियुक्तिविरुद्ध सभामुखको रिटमा सर्वोच्चले आगामी आइतबारको मिति तोक्यो


काठमाडौं, । संवैधानिक आयोगहरूमा सरकारले गरेका नियुक्ति बदरको माग राखी सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा पेस गरेको निवेदन दर्ता भएको छ । सर्वोच्चले उक्त निवेदन सुनुवाइका लागि आगामी आइतबारको मिति तोकेको छ ।

सापकोटा उनले संवैधानिक आयोगहरुमा गरिएको सिफारिस र नियुक्ति असंवैधानिक भएको दाबी गरेका छन् । उनले निवेदनमा स‌ंवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन् । साथै उक्त निर्णयका आधारमा स‌ंवैधानिक आयोगहरुमा भएको नियुक्तिको बदर गर्न पनि सभामुख सापकोटाले माग गरेका छन् ।

नियुक्तिपछि राष्ट्रपतिबाट शपथ लिई पदभार ग्रहण गरिसकेका स‌ंवैधानिक आयोगका पदाधिकारीलाई कामकारबाही गर्न नदिन पनि रिटमा माग गरिएको छ । त्यस्तै उनीहरुको नियुक्ति यथास्थितिमा राख्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने सभामुख सापकोटाले रिटमा उल्लेख गरेका छन् ।

सभामुख सापकोटासँग दाहाल(नेपाल नेतृत्वको नेकपाका नेताहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र रेखा शर्मालगायत पनि अदालत पुगेका थिए । निवेदन दर्ता भइसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ । सभामुखले पेस गरेको निवेदनमा ३९ जनालाई विपक्षी बनाइएको छ। तिनमा संवैधानिक परिषद् अध्यक्ष, सदस्यलगायत सबै पदाधिकारीहरू रहेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्