Tuesday, December 5Nepal News Portal
Shadow

दरबारमार्ग र आसपासका ठाउँमा सार्वजनिक गाडीलाई प्रवेश निषेध



काठमाडौं, (ससं) । हिजो नेपाल कम्युनियष्ट पार्टि (नेकपा) प्रचण्ड-नेपाल समूहको आमहड्तालले हैरान खेपेका नागरिकले आज पनि सास्ती पाउने भएका छन् । अहिले काठमाडौंको को दरबारमार्ग आसपासका ठाउँमा सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको छ ।

नारायणहिटीको अगाडिपट्टि आज नेकपाको केपी शर्मा ओली समूहले जनसभा गर्दैछ । यसकै कारण सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको हो । अहिले यो मार्ग भएर साना निजी गाडी भने चलिरहेका छन् । यस्तै, जनसभालाई ध्यानमा राखेर दरबारमार्ग क्षेत्र हुँदै चल्ने गाडीलाई ठाउँ-ठाउँबाट डाइभर्सन गरिएको छ ।

जयनेपाल हल, माइतीघर मण्डला, थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, लैनचौर, सोह्रखुट्टे, पुतलीसडक, कृष्ण पाउरोटी, पद्मोदयमोडलगायतका क्षेत्रबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

यस्तै, यात्रुवाहक ठूला सार्वजनिक बसलाई चक्रपथभित्र चलाउन पनि दिइएको छैन । जनसभाका कारण बढ्ने चापलाई मध्यनजर गर्दै यात्रुवाहक बसलाई चक्रपथमा मात्रै चलाउन दिइएको महाशाखाले जनाएको छ ।

Total Page Visits: 420 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्