Wednesday, December 6Nepal News Portal
Shadow

खोटाङको सदरमुकाम दिक्तेलमा हिमालयन आइटी ईन्स्टिच्यूट स्थापना


खोटाङ, (ससं) । सूचना र प्रविधि सम्वन्धी सिकाईंको लागि खोटाङको सदरमुकाम दिक्तेलबजारमा हिमालयन आइटी ईन्स्टिच्यूट स्थापना गरिएको छ । कम्प्यूटर आइटी कोर्स, अंग्रेजी भाषाको कक्षादेखि एसइईको स्पेशल कोर्स सञ्चालनका लागि दिक्तेलको सरस्वती माबिको गेटसँगै रहेको भवनमा उक्त ईन्स्टिच्यूट माघ २२ गते बिहीबार स्थापना गरिएको हो । ईन्टिच्यूटको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढीका मेयर दिपनारायन रिजालले गरेका हुन् ।

ईन्स्टिच्यूटको उद्घाटन गर्दै नगर प्रमुख रिजालले प्रविधिको विकास बढ्दै गएकोले त्यसलाई सहयोग पुर्याउँन युवाले व्यवसायीको सहभागिता उदाहरणीय भएको बताए । उनले यस्ता व्यवसायले सबैलाई प्रविधिमा पहुँच पुर्याउँन सहयोग पुग्ने बताए । यसले एसइईमा अध्ययनरत विद्यार्थीका लागि अंग्रेजी, म्याथ, साइन्स, कम्प्यूटर क्यूबेसिक सम्वन्धी कक्षा सञ्चालन गर्ने तयारी गरिएको सञ्चालक बस्नेतले जानकारी दिए । विदेश जाने र अंग्रेजी जान्दै नजान्नेका लागि पनि विशेष कक्षाको व्यवस्था गरिएको छ । हरेक कोर्ससँगै व्यक्तीको व्यक्तीत्व बिकास सम्वन्धी तालिमलाई पनि प्राथमिकतामा राखिएको हिमालयन आइटी ईन्स्टिच्यूटले जनाएको छ ।

सूचना तथा प्रविधिको व्यवसायीक विकास गर्दै जिल्लामै आइटी सम्वन्धी जनशक्ती उत्पादन गर्ने लक्ष्यका साथ आइटी ईन्स्टिच्यूट स्थापना गरिएको सञ्चालक दिक्तेलका युवा व्यवसायी अजय बस्नेतले बताए ।

आइटी ईन्स्टिच्यूटमा कम्प्यूटर आइटी कोर्सतर्फ कम्प्यूटर डिप्लोमा, कम्प्यूटर अपरेटर, आइटी अफिस प्याकेज, कम्प्यूटर नेटवर्किङ, ट्याली (एकाउन्टिङ कोर्स), ग्राफिक डिजाईन सम्वन्धी सीप सिकाइने छ । ईन्स्टिच्यूटमा श्रव्य–दृश्य सामग्रीको प्रयोग गरी विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाइने, दक्ष र अनुभवी शिक्षकबाट कक्षा सञ्चालन, एक विद्यार्थी एक कम्प्यूटरको व्यवस्था, प्रयोगशाला लगायतका व्यवस्था गरिएको सञ्चालक बस्नेतले बताए । कार्यक्रममा मेयर रिजाल, उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राई, नेपाल पत्रकार महासंघ, खोटाङका अध्यक्ष दमन राई, नेपाल शिक्षक संघ, खोटाङका अध्यक्ष शिवहरि ढकाल लगायतले शुभकामना दिएका थिए ।

Total Page Visits: 488 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्