Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Wednesday, January 15Nepal News Portal
Shadow

‘नक्क्ली सिसाका टुक्राहरु फुटेर गए हिरा र सुन यता’ : कृष्णगोपाल श्रेष्ठ


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) ओली पक्षका नेता कृष्णगोपाल श्रेष्ठले प्रचण्ड–माधव नेतृत्वको नेकपालाई नक्कली सिसाको संज्ञा दिएका छन् । नारायणहिटी अगाडि आयोजना भएको सभालाई सम्बोधन गर्दै शिक्षा मन्त्री समेत रहेका श्रेष्ठले प्रचण्डमाधव पक्षलाई नक्कली सिसाको टुक्राहरु भएको र उनीहरु फुटेर गएको बताएका हुन् ।

‘नेकपाका नक्कली सिसाका टुक्राहरु फुटेर गए, सक्कली हिरा र सुन यता छन्’, श्रेष्ठले भने । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्नुपरेको भन्दै ‘लोकतन्त्र र संविधान गम्भीर संकटमा परको’ बताएका छन् ।

शिक्षामन्त्री समेत रहेका श्रेष्ठले आगामी वैशाख १७ गते निर्वाचन सकिने र २४ गते विशाल जनसभा गर्ने बताएका छन् । नारायणहिटी संग्रहालय अगाडि सुरु भएको जनसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले आगामी माघ २४ गते यस्तै जनसभा गर्ने बताएका हुन् । ‘आगामी बैशाख १७ निर्वाचन सकिन्छ र २४ गते यस्तै विशाल जनसभा गर्छौ,’ श्रेष्ठको भनाई छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्