काठमाडौं,(ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) ओली समूहले शुक्रबार (आज) काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताएका छन् । सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर यो भेललाई रोक्न सकेन ।’
सभास्थलको दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म पनि मानिसहरु नअटाएको उनको दाबी छ ।