Friday, July 12Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ सय ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको छ। हाल देशभर २ हजार १ सय ८ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा गत २४ घण्टामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्