Saturday, December 2Nepal News Portal
Shadow

कांग्रेसले संसद विघटनविरुद्ध शनिबार देशभर प्रदर्शन गर्दै


काठमाडौं, (ससं) । प्रतिनिधिसभा भंग गरेको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार (आज) देशभर विरोध प्रदर्शन गर्दैछ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै तेस्रो चरणको आन्दोलन अन्तर्गत कांग्रेसले आज जिल्ला सदरमुकाममा प्रदर्शन गर्न लागेको हो।

आजको विरोध प्रदर्शन कार्यक्रममा शुभेच्छुक संस्थाहरुको सक्रिय सहभागिता रहने कांग्रेसले जनाएको छ। नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सबै शुभेच्छुक संस्थाहरूले प्रदर्शनको तयारी गरेका छन्।
उपत्यकामा कालो पट्टी, मास्कसहित भौतिक दूरी कायम गर्दै मौन विरोध प्रदर्शनसहित मानव साङ्लोमा टुँडिखेल घेर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

Total Page Visits: 418 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्