Friday, January 24Nepal News Portal
Shadow

‘मलाई लाग्छ उहाँलाई कूटनीतिक जानकारी दिइरहनु पर्ने कुनै आवश्यकता छैन ’ : बाइडेन


काठमाडौं, (ससं) । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कूटनीतिक ब्रिफिङ्ग दिन नहुने बताएका छन्। उनको अस्थिर वा अनिश्चित व्यवहारका कारण महत्वपूर्ण कूटनीतिक जानकारी दिनु उपयुक्त नहुने र त्यस्ता सूचनामा ट्रम्पको पहुँच हुन नहुने पक्षमा आफू रहेको राष्ट्रपति बाइडेनको भनाई छ ।
अमेरिकामा पूर्व राष्ट्रपतिलाई समेत राष्ट्रिय सुरक्षा सम्बन्धी जानकारी दिने परम्परा रहँदै आएको छ । सिबिएस न्यूजसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति बाइडेनले सो परम्परा ट्रम्पका लागि तोडिनु पर्ने पक्षमा आफू रहेको बताएका हुन् ।

महत्वपूर्ण कूटनीतिक सूचनामा पहुँच दिन नहुने कारणका रुपमा बाइडेनले ट्रम्पको अस्थिर व्यवहार प्रस्तुत गरेका छन् । गोपनीय सूचनाहरु आफूमा मात्रै सीमित गर्ने क्षमता ट्रम्पमा छ भने विश्वास गर्न नसकिने बाइडेनले बताए ।

राष्ट्रपति बनेपछिको पहिलो अन्तर्वार्तामा बाइडेनले भने, ‘मलाई लाग्दैन कि उहाँलाई कूटनीतिक जानकारी दिइरहनु पर्ने कुनै आवश्यकता छ ।’
चार वर्षे कार्यकालभर ट्रम्पको सम्बन्ध कूटनीतिक समुदायसँग तनावपूर्ण रह्यो । उनले चार वर्षको अवधिमा ६ राष्ट्रिय कूटनीतिक निर्देशकसँग काम गरे ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्