Thursday, September 12Nepal News Portal
Shadow

भारतमा ७४ हजारभन्दा बढी कोरोना संक्रमित थपिए


काठमाडौं, ६ असोज (सस) । भारतमा कोरोना भाइरस संक्रमितहरू थपिने क्रम बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ७४ हजार ४९३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार भारतमा संक्रमणका कारण थप एक हजार ५६ जनाको मृत्यु भएको छ। संक्रमणबाट मृत्युभएका थपसहित हालसम्म भारता ८८ हजार ९६५ जनाको मृत्यु भइसकेको छ ।

विश्‍वव्यापी महामारीका रुपमा फैलिएको कोभिड(१९ बाट अमेरिकापछि भारत सबैभन्दा बढी पीडित छ । भारतमा ४४ लाख ९४ हजार ७२० जना संक्रमणमुक्त भएका छन् । अहिले ९ लाख ७६ हजार ४२० जना सक्रिय संक्रमित छन्।

त्यसैगरी हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख ८० हजार ४८७ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ६९ हजार २८७ पुगेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्