Monday, June 16Nepal News Portal
Shadow

निर्वाचन आयोगले नेकपा विवाद निरुपणका लागि थाल्यो अध्ययन


काठमाडौं, (सस) । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद निरुपणमा केन्द्रीत भएर निर्वाचन आयोगले अध्ययन सुरु गरेको छ।

नेकपाको आन्दोलनरत पक्षले आफ्नो आधिकारिकताको दाबीसहित पत्र पेश गरेपछि विवाद कसरी निरुपण गर्ने भन्नेमा अध्ययन सुरु भएको हो ।
नेकपाको आन्दोलनरत पक्षले यही माघ २० गते आफ्नो आधिकारिकताका लागि १९ पृष्ठ लामो पत्र आयोगलाई बुझाएको थियो।

पत्रमा विधानअनुसार आफूसँग बहुमत भएकाले त्यसका आधारमा निर्णय गर्न आयोगलाई आग्रह गरिएको थियो। त्यसअघि आयोगले नेकपाका दुवै पक्षले आधिकारिकताका लागि दाबी गर्न नआएकोले नेकपा कानुनी रुपमा नफुटेको दाबी गरेको थियो।

यो बीचमा प्रधामन्त्री केपी शर्मा ओलीले आयोगमा पदाधिकारीको रुपमा डा। जानकी तुलाधार र सदस्यका रुपमा रामप्रसाद भण्डारीलाई नियुक्ति गरेका छन्।

उक्त नियुक्ति असंवैधानिक भएको भन्दै आन्दोलनरत पक्ष झनै आक्रोशित छ। निर्वाचन आयोगलाई नेकपाको विवाद समाधान नगरी निर्वाचन प्रक्रिया अघि नबढाउन चौतर्फी दबाब छ।

आयोगका आयुक्तहरुले समेत यो यथार्थ स्वीकार गरेका छन्। आयोगका आयुक्त ईश्वरप्रसाद पौडेलले निर्वाचनका मुख्य खेलाडी राजनीतिक दल भएकाले नेकपाको विवाद समाधान गरेर निर्वाचन गर्न सहज हुने बताउँदै आएका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्