काठमाडौं, (ससंं) । बन्यजन्तु चितुवाको खप्परसहित ३ जनालाई प्रहरीले संरक्षित पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विशेष सूचनाको आधारमा काठमाडौंको सुन्धाराबाट लमजुङका सन्तोष आले मगर, काभ्रेका सन्तोष थिङ र मिङमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।
महाशाखाका सूचना अधिकारी ईश्वर कार्कीले दाह्रा सहितको खप्पर बेच्ने प्रयोजनका लागि बोकेर हिंडिरहेको बेलामा पक्राउ गरेर उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको जानकारी दिएका छन् ।
Total Page Visits: 501 - Today Page Visits: 1