काठमाडौं, (ससं) । भारतको उतराखण्डको चमोली जिल्लामा रहेको हिमनदीमा आएको बाढीले ऋषिगंगा बाँधमा कार्यरत सयजना मजदुर बेपत्ता भएका छन् भने दुईजनाको शव भेटिएको छ।
उत्तराखण्डका डिजीपीका अनुसार हिमदनी फुटेर नदीमा देखिएको बहाब अब नियन्त्रणको नजिक रहेको छ। तर तपोवन-रिणीमा बनाइएको पावर प्रोजेक्ट भने नदीमै बगेको छ।
भारतीय सेनाले उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतलाई बाढीको बारेमा थप जानकारी दिएका छन्। सेनाका अधिकारीहरुका अनुसार चार ट्रक, सेना,दुई मेडिकल र एउटा इन्जिनियरिङ टास्कफोर्स रद्दार सहयोग गर्न रिणी पठाइएको छ।
यसका साथै उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंहले पत्रकारसाग भनेका छन्, ‘ बिहानै करीब १० बजे ऋषिगंगाको माथिबाट हिमनदी फुट्यो। यसको असर १३.१२ मेगावाट क्षमताको ऋषिगंगा प्रोजेक्टमा पर्यो। त्यही प्रोजेक्टमा काम गरिरहेका करीब १५ देखि २० जना मजदूरहरु बेपत्ता भएका छन्।’ मानवीय क्षति कति भएको भनेर अहिलेसम्म खुलेको छैन।
त्यसैगरी हिमनदीको बहाबले ऋषिकेश तथा हरिद्वारमा अवस्थित गंगा नदी किनारमा मानिसहरुलाई नजान चेतावनी दिइएको छ। हरिद्वारमा कुम्भ मेलाको बयोजना गरिएको छ जहा हजारद भक्तजनको भीड लागेको छ।