Thursday, September 12Nepal News Portal
Shadow

“यो संघर्षमा जितियो भने नेपाली जनता र देशले जित्नेछ तर जित्न सकेनौं भने नेपाली जनता र राष्ट्रले हार्नेछन्” : माधव नेपाल


काठमाडौं, (ससं) । नेपाल कम्युनिस्ट पार्टीका असन्तुष्ट समूहका नेता माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँमा हारिए नेपाली जनता र सिंगो देशले हार्ने बताएका छन्।

राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै उनले प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँ जित्नका लागि नेपाली जनता र सिंगो राष्ट्र जुट्नुपर्ने औँल्याएका हुन्।

“यो संविधानलाई क्षतविक्षत बनाउने पक्ष र विपक्षको लडाइँ हो, लोकतन्त्रलाई र कमजोर बनाउने विचको लडाइँ हो, गणतन्त्र र संघीयतालाई सबल बनाउने र उपलब्धिलाई समाप्त पार्ने बीचको लडाइँ हो,” अध्यक्ष नेपालले भने, “यो संघर्षमा जितियो भने नेपाली जनता र देशले जित्नेछ तर जित्न सकेनौं भने नेपाली जनता र राष्ट्रले हार्नेछन्, त्यही भएर हामी सबै एकजुट हुनुपर्नेछ।”

अहिलेको लडाइँ पार्टीको आन्तरिक लडाइँ नभएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त उपब्धिहरू तहसनहस बताएको अध्यक्ष नेपालले भने। उनले मूलधारको पार्टी आफू र प्रचण्डले नेतृत्व गरेको दावी गर्दै केपी ओलीसँग सानो टुक्रा रहेको आरोप लगाए। उक्त पक्षमा ओलीका आसेपासे, साइबर सेना, कतिपय चिन्तामा रहेका र कतिपय भ्रमसँगै अन्योलमा रहेकाहरू रहेको बताए।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्