Sunday, May 19Nepal News Portal
Shadow

काँग्रेस संसदीय दलले भन्यो प्रहरी दमन बढ्यो


काठमाडौं, ६ असोज (सस) । जिल्ला प्रशासन कार्यालय गुल्मीमा शान्तिपूर्ण रुपले ज्ञापनपत्र बुझाउने क्रममा प्रहरीद्वारा दमन भएको भन्दै नेपाली कांग्रेस संसदीय दलले सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार गुल्मीमा आफ्ना कार्यकर्तालाई प्रहरीले गरेको दमनको विषयमा काँग्रेस संसदीय दलको ध्यानाकर्षण भएको हो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले स्थानीय मुद्दाका बारेमा ज्ञपनपत्र बुझाउँन जाँदा प्रहरीको दुरव्यावहार भोग्नु परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

कोरोना संक्रमणको संवेदनशीललाई मध्यनजर गर्दैै सजग र सतर्कताका साथ जिल्ला प्रशासन कार्यालय गुल्मी पुगेका पार्टी सभापति लगायतलाई प्रवेशमा नै रोक लगाएको र शान्तिपूर्ण रुपले ज्ञापनपत्र बुझाउन नदिएको बताइएको छ ।

‘हाम्रो संविधानले आम नेपालीलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । शान्तिपूर्ण रुपले आफ्ना विचार र विमति राख्नु पाउनु मौलिक हक हो । गुल्मी घटनामा संविधानको मूल्य, मान्यता, मर्म र भावनाको ठाडो उल्लंघन भएको छ । उक्त घटनाले मौलिक हकलाई कुण्ठित गर्ने र नागरिकको आवाजलाई दबाउने कार्य भएको छ । स्थानीय प्रशासन एवं सरकारको दमनकारी कार्यको नेपाली कांग्रेस संसदीय दल घोर भत्सना गर्दछ ।’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

प्रहरी प्रशासनको दमनमा परी कांग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ र प्रदेश क्षेत्रीय सभापति पूर्ण के.सी.लगायत घाइते भएको बताइएको छ ।

Total Page Visits: 738 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्