Tuesday, May 28Nepal News Portal
Shadow

पूर्वन्यायाधीश पाण्डेको निधन, संसद विघटनविरुद्ध मुद्दामा भोलि सुनुवाइ नहुने


काठमाडौं, (ससं) । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले आजको इजलासमा जानकारी दिएका हुन् । इजलास बुधबारदेखि पुनः निरन्तर हुने राणाले बताएका छन् ।
पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो ।
तत्कालिन मल्लिक आयोगका सदस्य समेत रहेका पाण्डे विगत लामो समयदेखि नशा सम्बन्धी रोगले पीडित थिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ ।

Total Page Visits: 501 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्