Sunday, April 13Nepal News Portal
Shadow

वैशाख १७ गते पहिलो चरणमा ४० जिल्लामा चुनाव हुने


काठमाडौं, (ससं) । सरकारले वैशाख १७ गते पहिलो चरणमा ४० जिल्लामा चुनाव गर्ने भएको छ।
पुस ५ गते प्रतिनिधिसभा चुनाव घोषणा गरेर घोषित मध्यावधि चुनावमा सरकारले पहिलो चरणमा ४० र दोस्रो चरणमा बाँकी ३७ जिल्लामा चुनाव गर्ने निर्णय सोमबार (हिजो ) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।

वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा चुनाव हुने भएको छ । त्यस्तै वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १ मा मध्यावधि चुनाव गर्ने निर्णय भएको छ। विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै परेका रिटहरु सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा सरकारले आक्रामक रुपमा चुनावको तयारी अघि बढाउने निर्णय गरेको हो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्