Sunday, April 13Nepal News Portal
Shadow

चालु आर्थिक वर्षको बजेट आकार घट्यो, ९१ प्रतिशत मात्र खर्च हुने अनुमान


काठमाडौं, (ससं) । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालयमा मंगलबार (आज) चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै चालु आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड रुपियाँ खर्च हुने संशोधित अनुमान गरिएको बताए । यो रकम कुल विनियोजन रकमको ९१.१९ प्रतिशत हो ।

यो अनुमान गर्दा प्रतिनिधि सभा सदस्य निर्वाचन खर्च, कोभिड–१९ विरूद्धको खोप खर्च, अनिवार्य दायित्व, पूर्वसहमति दिइएका ठूला आयोजनाको सभ्‍भावित दायित्वलाई मध्यनजर राखिएको मन्त्री पौडेलले जानकारी दिए । चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड रुपियाँ (विनियोजित बजेटको ९६.४० प्रतिशत), पूँजीगततर्फ २ खर्ब ८३ अर्ब ४ करोड रुपियाँ (विनियोजित बजेटको ८०.२० प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब ८६ करोड रुपियाँ (विनियोजित बजेटको ८५ प्रतिशत) हुने अनुमान छ ।

चालु वर्षको अन्त्यसम्ममा सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) १० खर्ब ७४ अर्ब ६८ करोड रुपियाँ, वैदेशिक अनुदानतर्फ ३५ अर्ब रुपियाँ र वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब रुपियाँ खर्च हुने संशोधित अनुमान छ । चालु आर्थिक वर्षमा राजस्वको लक्ष्य अनुमान गर्दा हालको राजस्व संकलन अवस्था र विगतको प्रवृतिलाई आधार बनाइएको बताइएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्