Tuesday, December 3Nepal News Portal
Shadow

१० लाख आवेदकले ग्रिनलाइफको आईपिओ नपाउने पक्का, कति पर्यो आवेदन हेर्नुहोस्


काठमाडौं, (ससं) । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको साधारण शेयर (आईपिओ)मा १३ लाख बढी आवेदकले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन मंगलबार (आज) साँझ ५ बजेसम्म कम्पनीको आईपिओमा १३ लाख ३७ हजार ९ सय ४२ आवेदकले २ करोड ३९ लाख ७६ हजार ६ सय कित्ताको लागि आवेदन दिएका हुन् । यो माग भन्दा ७.३७ गुणा बढी हो ।

कम्पनीले माघ २३ देखि प्रति कित्ता १०० रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रि खुला गरेको थियो। कम्पनीले आयोजना प्रभावित दोलखाका स्थानीयहरुलाइ निष्कासन गर्दा बिक्रि नभएको १६ लाख ९६ हजार ४०० कित्ता सहित गरि कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्रि खुला गरेको हो। बिक्रि खुला गरिएको मध्ये ६९ हजार ९२८ जना कित्ता हाइड्रोका कर्मचारीका लागि,१ लाख ७४ हजार ८२० कित्ता म्युचुअल फन्डको लागि र बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो।

मागभन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट ३ लाख २५ हजार १ सय ६५ जनाले मात्र शेयर पाउने छन् । यस हिसाबमा करिब १० लाख आवेदक हात खाली हुने देखिन्छ । यद्यपि आवेदन भेरिफाई भईनसकेकोले यो संख्या केहि तलमाथि हुन सक्ने छ ।

कम्पनीको बिक्रि प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । कम्पनीको अधिकृत पूँजी दुई अर्ब ५० करोड रहेको छ । जारी पूँजी १ अर्ब ८० करोड रहेको छ । कम्पनीको जारी पूँजी मध्ये संस्थापकहरुले तत्काल चुक्ता गरेको पूँजी रकम १ अर्ब ४४ करोड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३५ करोड तिन लाख ६० हजार पुगेको छ । सर्बसाधारणलाई आईपिओ निष्कासन गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८० करोड पुग्नेछ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्