Friday, January 24Nepal News Portal
Shadow

नेप्से परिसूचक ८.६६ अंकले बढ्यो, कारोबार रकम भने घट्यो


 

काठमाडौं, (ससं) । साताको चौथो कारोबार दिन बुधबार (आज) नेप्से परिसूचक ८.६६ अंकले २५४३.०३ विन्दुमा रोकिएको छ । बुधबार नेप्से परिसूचक वृद्धि भएको भएपनि कारोबार रकममा भने कमी आएको छ । गत कारोबार दिनहरुमा १० अर्बसम्मको कारोबार भएको बजारमा आज ७ अर्ब रुपैयाँमा कारोबार खुम्चिन पुगेको हो ।

हिजो ८ अर्ब १४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज उक्त रकम घटेर ७ अर्ब ६२ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ । हिजोको तुलनामा आज झण्डै एक अर्ब रुपैयाँ कमी हो । आज १९१ कम्पनीको १ करोड ४८ लाख ७६ हजार ९६१ कित्ता शेयर खरिद विक्री भएको छ ।

आज सर्वाधिक कमाउनेमा गोर्खाज फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स र इन्फिनिटी फाइनान्स लिमिटेडका शेयरधनीहरु रहेका छन् । गोर्खाज फाइनान्सको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने गुहेश्वरी र इन्फिनिटी फाइनान्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सर्वाधिक शेयर मूल्य घट्नेमा सिद्धार्थ लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । यो संस्थाको ६.३८ प्रतिशतले शेयर मूल्य घटेको हो । आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री ग्लोबल आइएमई बैंक लिमिटेडको भएको छ । यो बैंकको ५२ करोड २ लाख रुपैयाँको शेयर खदिर विक्री भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ५ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । यो समूहको परिसूचक ३.२७ प्रतिशतले वृद्धि भएको हो । आज परिसूचक वृद्धि हुनेमा बैंकिङ्ग समूह १.५ प्रतिशत, होटल समूह २.१४ प्रतिशत, विकास बैंक समूह ०.०४ प्रतिशत, फाइनान्स समूह ३.२७ प्रतिशत र निर्जीवन बीमा समूह ०.४७ प्रतिशत रहेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्