काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारीको नाम छाडेर पशुपतिनाथको नाम जप्न थालेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै नेता नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाथको नाम जपेपनि माफी नपाउने बताएका हुन् ।
‘केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ । अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएको छ,
नेता नेपालले भने, तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ । पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन् । अधर्मीलाई पशुपति नाथले माया गर्नुहुन्न ।
देशमा बलात्कारका घटना बढेको भन्दै नेपालले बलात्कृत भएका चेलीहरुले ओलीलाई धिक्कारेको बताएका छन् ।
केपी ओलीको शासनकालमा ७ हजार १७० नेपाली चेली बलत्कृत भएका छन् । ओली तिमीले कतिजनालाई सजाए दिएका छौ, नेपालले भने, तिमिजस्ता मान्छेलाई पार्टीले त्यो पदमा पुर्यायो तर तिमीले लोकतन्त्र समाप्त पार्न लागेका छौं । तिमिलाई धिक्कार छ । आम नेपाली जनताले भनेका छन् । केपी ओलीलाई धिक्कार छ । पशुपतिनाथले पनि भन्लान केपी ओलीलाई धिक्कार छ ।’
ओलीको पाप बत्ती बालेर त्यत्तिकै धोइपखाली गर्न नसकिने अध्यक्ष नेपालको भनाइ रहेको छ ।