Wednesday, December 6Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना पुष्टि


काठमाडौं, (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमण पुष्टि भएको । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ।

उपत्यकामा बुधबार थप ६५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मनत्रालयका अनुसार काठमाडौँका ५५, ललितपुरका ४ तथा भक्तपुरका ६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार बुधबार ११८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको छ। गत चौबीस घन्टामा ३ हजार ५ सय ६७ पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।

यसैगरी देशभर हालसम्म ७२ जनाको आईसियुमा तथा १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Total Page Visits: 469 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्