Sunday, May 19Nepal News Portal
Shadow

ट्रेड यूनियन निर्वाचनको सुनिश्चितता गर्न नेपाली काँग्रेस, संसदीय दलको माग


काठमाडौं, ७ असोज (ससं) । नेपाली काँग्रेस, संसदीय दलले निजामति कर्मचारीको आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगन रिएको प्रति आपत्ति जनाएको छ । ट्रेड यूनियनसँग आवद्ध संस्था तथा निर्वाचन समितिसँग परामर्श र सहमति विना सरकारले एकलौटी ढङ्गबाट एकाएक आधिकारिक ट्रेड यूनियनको घोषित निर्वाचन स्थगन गर्नेसरकारको निर्णयप्रति विरोध जनाएको हो । बुधबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस संसदीय दलले लोकतन्त्रको मूल आधारशिलाबाट कसैलाई बञ्चित गर्न नहुने भनिएको छ ।

ुलोकतान्त्रिक पद्धतिमा कुनै पनि चुनावको अपरिहार्यतालाई कसैले पनि सदाका लागि रोक्न सक्दैछ । कुनै पनि बहानामा निर्वाचन नहुनु राम्रो पक्ष होईन ।ु विज्ञप्तिमा भनिएको छ, ुआफ्नो प्रतिकूलताका कारणले निर्वाचन रोक्नुको सट्टा निर्वाचनको वातावरण निर्माण गर्नु राज्यको दायित्व हो ।ु

त्यस्तै निजामति कर्मचारीको आधिकारिक ट्रेड यूनियन र आवद्ध संस्थाका सबै पक्षसँग परामर्श र सहमतिको आधारमा आधिकारिक ट्रेड यूनियनको निर्वाचनको सुनिश्चितता गर्न पनि माग गरिएको छ ।

Total Page Visits: 903 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्