Sunday, December 3Nepal News Portal
Shadow

आईपीओ भर्दा तपाईको बैंकले पैसा काट्छ ? यी बैंकबाट निशुल्क आईपीओ भर्न सकिन्छ


काठमाडौं, (ससं) । अहिले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको मेरो शेयर वेवसाइटबाट शेयर भर्न सहज भएको छ । नेपाल धितोपत्र बोर्डको सहकार्यमा ल्याएको सेन्ट्रलाइज्ड एप्लिकेसन फर आस्बा वेस्ड इस्युऐन्स (सी–आस्बा) प्रणाली सिडिएससीको मेरोशेयर वेवसाईट तथा मोबाईल एप्सबाट अहिले प्राथमिक शेयर तथा हकप्रद सेयरको आवेदन घरमै बसि अनलाईन भर्न सहज भएको लगानीकर्ता बताउँछन् । यसबाट बैंकमा लाइन बसेर आवेदन दिनपर्ने समय बचत भएको छ

यसबापत बैंक तथा वित्तीय संस्थाले आवेदन भर्दा फरक फरक शुल्क लिने गरेका छन् । कतिपय बैंकहरुले आफ्ना ग्राहकलाई सुविधा दिनका लागि तथा बैंकतर्फ आकर्षण बढाउनको लागि निःशुल्क आस्वा सेवा उपलब्ध गराएका छन्।

बैंक तथा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराएवापत बढीमा १०० रुपैयाँ लिन पाउने प्रावधान नेपाल धितोपत्र बोर्डले ल्याएको आस्वा निर्देशिकामा रहेको छ।

बैंक तथा वित्तीय संस्थाले आस्वा सेवा उपलब्ध गराए वापत लिने सेवा शुल्कमा एकरुपता कायम हुन सकेको छैन। जसका कारण लगानीकर्ता हौरानीमा परेका छन् । केही बैंकहरुले अत्याधिक शुल्क लिएको आरोप समेत लगानीकर्ताहरुले लगाउँदै आएका छन्।

कुन बैंकले कति लिन्छन आश्वा शुल्क हेर्नुहोस्

बैंक अफ काठमाण्डू लिमिटेड : निशुल्क
राष्ट्रिय बाणिज्य बैंक : निशुल्क
सानिमा बैंक : निशुल्क
सिध्दार्थ बैंक : निशुल्क,
सेन्चुरी कमर्शियल बैंक : निशुल्क,
ग्लोबल आइएमइ बैंक : निशुल्क
हिमालयन बैंक : निशुल्क
एनआइसि एसिया बैंक : निशुल्क,
मेगा बैंक : निशुल्क
नविल बैंक : निशुल्क
नेपाल बंगलादेश बैंक : निशुल्क
कृषि विकास बैंक : रु १०,
सिभिल बैंक : रु १०,
सिटिजन्स बैंक इन्टरनेशनल : रु २०
एभरेष्ट बैंक : रु २०
कुमारी बैंक : रु २०
माछापुछ्रे बैंक : रु १०,
नेपाल बैंक : रु २५
एनसिसी बैंक : निशुल्क
नेपाल इन्भेष्टमेण्ट बैंक : रु २०
एनएमबी बैंक : रु २०
प्राइम कमर्शियल बैंक : निशुल्क
प्रभु बैंक : रु १,
नेपाल एसबिआइ बैंक : रु २५
स्टाण्डर्ड चार्टर्ड बैंक : रु १००,
सनराईज बैंक : रु १०,
लक्ष्मी बैंक : रु २५

बैंकले समयअनुसार आश्वा शुल्क परिवर्तन गरिरहने भएकाले फरक पर्न पनि सक्छ।

Total Page Visits: 700 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्