Monday, February 10Nepal News Portal
Shadow

सुनको मूल्य घट्यो, प्रतितोला कति ?


काठमाडौं, (ससं) । सुनको मूल्य बिहीबार (आज) घटेको छ। छापावाला सुनको मूल्य चार सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । बुधबार छापावाला सुन तोलाको ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले घटेको छ। महासंघका अनुसार बिहीबार ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुन तोलाको ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्