Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
विश्व बैंकले ८ अर्ब ७० करोड सहुलियत ऋण दिने – Udhyognews.com
Wednesday, April 16Nepal News Portal
Shadow

विश्व बैंकले ८ अर्ब ७० करोड सहुलियत ऋण दिने


काठमाडौं, (ससं) । विश्व बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड नेपाली रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने भएको छ । विश्व बैंकका अनुसार नेपाललाई खोप खरिदका लागि दिइने ऋण साहयता दिने प्रस्तावलाई छिट्टै बोर्डमा प्रस्तुत गर्न लागिएको छ । विश्व बैंकले गर्ने आर्थिक सहयोग नेपाल सरकारले प्राथमिकतामा राखेको ७२ प्रतिशत जनसंख्यालाई आवश्यक पर्ने खोप खरिद गर्नका लागि प्रयोग गर्न सकिने छ ।

नेपालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विश्व बैंकले मान्यता दिएको कुनैपनि उत्पादकसँग आपसी समझदारीमा वा कोभ्यक्सबाट प्राप्त हुने खोप खरिद गर्नका लागि उक्त रकम प्रयोग गर्न सक्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई) सँग २० लाख खोप खरिद गर्ने पक्कापक्की भइसकेको छ । उनका अनुसार विश्व बैंकले दिने भनेको ७५ मिलियन डलर मध्ये ६७।५ मिलियन डलर खोप खरिद गर्नका लागि हो भने बाँकी रकम खोपको व्यवस्थापनका लागि हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्