Friday, December 1Nepal News Portal
Shadow

‘तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ’ : रामकुमारी झाँक्री


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । झाक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि झाक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले नारावाजी चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए । नेतृ एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीले आजको यो स्थितिलाई तानाशाहको ढल्ने बेलामा यस्तै हुने बताएकी छिन् ।
बिहिबार झाक्रीलाई पक्राउ गर्न उनको निवासमा प्रहरी पुगेपछि झाँक्रीले पत्रकारसँग संक्षिप्त कुरा गर्दै तानाशाहको ढल्ने बेलामा प्वाँख आएको रूपमा आफूले लिएको बताइन्।
‘राष्ट्रपतिको निर्वाचन क्षेत्रसँग जोडिएको विषय अस्मितासँग कसरी जोडिन्छ?,’ झाँक्रीले भनिन्, ‘राजनीतिक मुद्दा भएको हुँदा पक्राउ पुर्जीसहित आउनुपर्छ। अन्यथा आउनुस् भनेर जाने कुरा भएन। तपाईँसँग सोधपुछ गर्नुछ आउनुस् भनेर प्रहरी कार्यालयबाट फोन आएको थियो, मैले यो राजनीतिक मुद्दा भएकाले पुर्जीसहित आउनुपर्छ भनेकी छु ।’
तानाशाहको ढल्ने बेलामा प्वाँख आउँने भन्दै उनले हामी प्रतिगमनका विरुद्धमा सडकबाटै लडेका स्मरणसमेत गराइन्।

Total Page Visits: 478 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्