Thursday, January 23Nepal News Portal
Shadow

शुक्रबार सार्वजनिक विदा, शुक्रबार आईपीओ निष्कासन गर्न लागेको महिला लघुवित्तले मिति सार्ला ?


 

काठमाडौं, (ससं) । सरकारले शुक्रबार (भोली) सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोनाम तथा ग्याल्पो ल्होछारको अवसरमा सरकारले शुक्रबार सार्वजनिक विदा दिन लागेको हो । तर, भोली बाट नै आईपीओ निष्कासन गर्न लागेको महिला लघुवित्तले गर्ला भन्ने सबैलाई जिज्ञासा लाग्न सक्छ । महिला लघुवित्तको आईपीओ पूर्व निर्धारित मिति अनुसार नै बिक्रि खुला हुने भएको छ । बिक्रि खुला हुने दिन माघ ३० गते शुक्रबार सार्वजनिक विदा परेपनि मिति परिवर्तन नहुने सिडीएससीले जनाएको हो ।

सिडीएसका अनुसार अनलाइनबाट आवेदन दिन मिल्ने भएकोले सार्वजनिक विदा परे पनि सोहि दिन नै बिक्रि खुला गरिन लागेको हो । सार्वजनिक विदा परेकोले एक दिन अवधि भने थप हुने सिडीएसले जनाएको छ । जस अनुसार कम्पनीको आईपिओ माघ ३० गते शुक्रबारदेखि फागुन ५ गते बुधबारसम्म खुला रहने छ । यस हिसाबमा कम्पनीको आईपिओ ६ दिन खुला रहने छ । सार्वजनिक विदाको दिन पनि आईपिओ बिक्रि खुला गरिन लागेको यो पहिलो पटक हो ।

कम्पनीले सुरुमा माघ २८ देखि आईपिओ निष्कासन गर्ने जनाएकोमा सिडीएस कै आग्रहमा माघ ३० गते शुक्रबारलाई सारेको थियो । शुक्रबार सरकारले सार्वजनिक विदा घोषणा गरेपनि बिक्रि खुला हुने मिति परिवर्तन नहुने भएको हो ।

कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने छ । तर आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने र १० कित्ता भन्दा बढी शेयर पर्ने सम्भावना नरहेकोले १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु उपयुक्त नहुन सक्छ ।

कम्पनीले शेयर निष्काशनको लागि माघ ८ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्ने छ । कम्पनीको आइपिओ निष्कासन तथा विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्