Friday, January 24Nepal News Portal
Shadow

सभापति देउवाले दिए सोनाम ल्होसारको शुभकामना


काठमाडौ, (ससं) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तामाङ जातिकोे ‘सोनाम ल्होसार’ तथा शेर्पा जातिको ‘ग्याल्बो ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

उनले आज एक शुभकामना सन्देशमार्फत विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आ–आफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गर्दै सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान पनि रहेको बताएका छन्।

यी पर्वहरुले नेपाली समाजमा सद्भावना बढाउँदै आएको र मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै सभापति देउवाले सोनामरग्याल्बो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्