Monday, November 27Nepal News Portal
Shadow

वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान


काठमाडौं, (ससं) । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ठ नेता झलनाथ खनाल शुक्रबार (आज) भारतको राजधानी नयाँदिल्ली गएका छन्। स्वास्थ्य उपचारका लागि उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली गएका हुन्।
४ दिन दिल्लीमा रहने नेता खनालले आफ्नो कुनै पनि राजनीतिक भेटघाटको सम्भावना नरहेको बताएका छन् ।

‘अपोलो अस्पतालमा स्वास्थ्य उपचारका लागि दिल्ली जान लाग्नुभएको हो, राजनीतिक भेटघाट हुने कुरै हुन्न’, खनालका स्वकीय सचिव कृष्ण भट्टराईले भने , ‘स्वास्थ्य उपचारका लागि जान लागेकोले यस्तो बेला राजनीतिक भेटघाट हुने सम्भावना छैन।’
खनालको सोमबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

Total Page Visits: 489 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्