बर्दिया, (ससं) । भारतको बिहार राज्यको पश्चिम चम्मारण जिल्लाको चैनपुर कुण्डवामा एफआईआर दर्ता भएको नौ दिनपछि मात्रै प्रहरी घटनास्थल पुगेका छन् । बारबर्दिया—३ खुरखुरे फॉटाकी १२ वर्षीया सुमित्रा विकको गत जनवरी २१ मा सामूहिक बलात्कार पछि हत्या गरी जलाइएको थियो ।
बलात्कारपछि हत्या गरिएको भन्दै फेब्रुअरी २ मा चैनपुर कुण्डवा थानामा एफआईआर दर्ता भएको थियो । आरोपी भनिएका सीताराम साहको घर पुगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
सुमित्राको हत्या गरिएको डेरा र जलाइएको ठाउ‘को डीएसपी शिवेन्द्रकुमार अनुभवीका साथ दर्जन बढी प्रहरी अधिकारीले अनुसन्धान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनास्थलदेखि ६ सय मिटर दूरीमा प्रहरी थाना रहेको छ ।
सुमित्राका दाजुले बहिनी मृत अवस्थामा फेला पारेका कारण छोरालाई प्रहरीले घटनास्थल पुऱ्याएर सॉझ डेरामा छाडेको आमा कृष्णीले बताइन् । छोरासँग घटनाबारे प्रहरीले सोधपुछ गरेको उनले सुनाइन् । घटनामा संलग्न घरबेटी सीताराम साह र उनका छोरा विनय पक्राउ परिसकेका छन् । बलात्कार,हत्या र सुमित्रालाई जलाएको घटनामा संलग्न भएका भनिएका ९ जना हालसम्म फेला परेका छैनन् ।