काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि नेकपा केपी ओलीनिकट स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रचण्ड नेपालले प्रधानमन्त्री केपी ओलिप्रति खिया लागेको बन्दुक तेर्स्याएर धम्की दिन खोज्दा प्रधानमन्त्रीले एके ४७ चलाएर सडकमा पछारिदिएको बताएका छन्।
नेकपा लुम्बिनी प्रदेश कमिटिले बुटवल आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै रायमाझीले केपी ओली प्रधानमन्त्री भएपछि नै कुर्सीबाट हटाउने षडयन्त्र भइरहेको बताएका छन् ।
उनले पार्टी एकता सहमतिको आधारमा गरिएको भए पनि प्रचण्ड-नेपाल समूहले बहुमतको धम्की दिँदै अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन खोज्दा आफैं सडकमा पछारिन पुगेको बताए।
ऊर्जामन्त्रीसमेत रहेका रायमाझीले नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरू चुनावका लागि तयार रहेको भन्दै प्रचण्ड–नेपाल समूह भने हार्ने डरले चुनावमा जान डराएको दाबी गरेका छन् ।