Monday, February 10Nepal News Portal
Shadow

प्रधानमन्त्री ओलीले ठुलो विश्वासघात गरे : वरिष्ठ नेता पौडेल


काठमाडौं, (ससं) । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो विश्वास घात गरेर प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा।बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

संसदले प्रधानमन्त्री दिन नसकेमात्रै संसद विघटन गर्नसक्ने सहमतिमाथि धोका भएको पौडेलको भनाइ छ। ‘हामीसँगै बसेर गरेको सहमति केपी ओलीजीले विश्वासघात गर्नुभयो । यस विश्वासघातबाट देशलाई मुक्त गर्नुपर्छ’, पौडेलको भनाइ छ ।

उनले यति ठुलो विश्वासघात होला भन्ने नसोचेको भन्दै राजनीतिमा भएको ढाँटछलले जनता निरास भएको बताएकाछन् । उनले राजनीतिक स्थायित्वका लागि संघर्ष गर्नुपरेको भन्दै विपीका पालामा हुन नसकेको काम जनताका प्रतिनिधिबाट हामीहरुले संविधान बनाएको बताए । उनले ६ बर्षसम्म छलफल गरेर सम्झौताको दस्तावेज मध्यमार्गका आधारमा संविधान बनाइएको पनि बताएका छन् ।

पौडेलले पुस्तकमा भट्टराईले भावनाको कुरा धेरै गरेको भन्दै बाबुराम र आफ्नो आमा दुबैजना गुमनाम आमाहरु भएको बताए । तर बाबुरामको आमा अली साहसी र आफ्नो आमा सरल रहेको उनको बुझाइ थियो । पौडेलले बाबुरामको आमालाई साहसी आमाको संज्ञा दिँदे सोही कारण भट्टराई युद्धमा होमिएको संकेत गरे । ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्