Thursday, May 23Nepal News Portal
Shadow

प्रचण्ड–माधव पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रचण्ड–माधव पक्षले आइतबार तेस्रो चरणका आन्दोलन घोषणा गर्ने भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सदस्य विष्णु रिजालले दिउँसो २ बजे तेस्रो चरणका आन्दोलन घोषणा गर्ने जानकारी दिएका हुन् ।
‘आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा प्रतिगमन विरोधी संघर्षका तेस्रो चरणका कार्यक्रम घोषणा गर्ने कार्यक्रम छ,’ रिजालले जानकारी दिए ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–माधव पक्षसहित अधिकांश राजनीतिक पार्टीहरु चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

Total Page Visits: 501 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्