Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Wednesday, February 12Nepal News Portal
Shadow

बालिका बलात्कारका दोषीलाई कडा कारबाही गर्न र कडा कानुन बनाउँन नेविसंघको माग


काठमाडौं, ११ असोज (ससं) । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बझाङको मष्टा गाउँपालिका की १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै यस्तो जघन्य तथा क्रुर अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरि कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ।

नेविसंघले शनिबार विज्ञप्ति जारी गर्दै यस्ता घटना दोहोरिन नदिन कानुन बनाउन सरकारसँग माग गरेको छ। त्यस्तै दलित समुदायमाथि हुने गरेका विभिन्न प्रकारका प्रताडना रोक्न विशेष र कडा कानुन बनाउँन पनि माग गरिएको छ ।

केही पहिले नवराज विकलगायतका युवाहरुको रुकुममा भएको नरसंहार र हाल सम्झना विकको बलात्कार गरी हत्या गरिएको घटनाले समाजमा दलित समुदायमाथि पाशविक आक्रमणका घटना बढ्न थालेको पनि प्रष्ट भएको संघले उल्लेख छ।
सरकार यस्ता जघन्य अपराधका घटनामा पीडित पक्षलाई न्याय दिनुको साटो अपराधीलाई बचाउन लागिरहे आन्दोलनमा उत्रने नेविसंघले चेतावनी दिएको छ ।

No description available.

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्