Sunday, February 16Nepal News Portal
Shadow

निर्वाचन आचारसंहिता सम्बन्धी आयोगको छलफल


काठमाडौं, (ससं) । निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे दलका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ। आयोगले तयार पारेको निर्वाचन आचारसंहिताको मस्यौदामा राय परामर्श लिनका लागि आयोगले दलहरुलाई छलफलमा बोलाएको हो।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ वटा दलका प्रतिनिधिहरु छलफलमा सहभागी छन्। यस्तै निर्वाचन आयोगका आयुक्तहरु, सचिवहरुसँगै कानुनविदहरु पनि छलफलमा सहभागी छन्।

नेकपा आन्दोलनरत समूहले छलफलको सुरुवातमै पार्टीको विवाद निरुपण किन भएन भनेर प्रश्न गरेको छ। यो समूहको तर्फबाट नेता लीलामणि पोखरेल लगायत छलफलमा सामेल भएका छन् । ओली समूहका तर्फबाट कानुनविद बाबुराम दाहाल लगायत सामेल छन् ।

दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गरिने आयोगको भनाई छ ।

सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेको छ। तर प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड–माधव खेमा संसद पुनर्स्थापनाका लागि संघर्षमा छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्