Wednesday, December 6Nepal News Portal
Shadow

दोस्रो प्राथमिकतामा परेकालाई आजदेखि कोरोनाविरुद्धको खोप सुरु


काठमाडौं, (ससं) । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ।
आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानिय तहका कर्मचारी लगायतलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन थालिएको हो।

निजामती सेवा अन्तर्गतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकि भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतीको भनाइ छ ।

त्यसैगरी प्रहरीहरुलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उनको भनाइ छ। त्यसैगरी, पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीले काउन्सिलले लेखेको पत्र अनुसार, नेपाल बैंक, वाणिज्य बैंक, कृषि बैंक र कृषि बैंकका कर्मचारीलाई पनि खोप दिइने भएको छ।

Total Page Visits: 479 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्