Monday, December 4Nepal News Portal
Shadow

कोटेश्वरमा १४ वर्षीया बालिका बलात्कृत


काठमाडौं, (ससं) । काठमाडौंको कोटेश्वरमा १४ वर्षीय बालिका बलात्कृत भएकी छिन्। बालिका शनिबार साँझ बलात्कृत भएकी हुन्।
बालिका बलात्कारको आरोपमा कोटेश्वरमा रहेको लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर नगरपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
मण्डलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। पीडित बालिकाको मेडिकल जाँच गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

Total Page Visits: 471 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्